सडक दुर्घटनामा कुवेतमा एक नेपालीको मृत्यु
कुवेत, कात्तिक ५- सडक दुर्घटनामा परी यहाँ एक नेपालीको ज्यान गएको छ । कुवेतको एक निर्माण कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत संखुवासभाको बाना–३ का ४४ बर्षिय गजेन्द्र गदालको ड्युटी सकेर होस्टल फर्कने क्रममा गाडीले ठक्कर दिँदा ज्यान गएको हो ।
विकको शव फर्वन्या अस्पतालमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव चाँडै नेपाल पठाइने विकका सहकर्मी दलबहादुर प्रधानले बताउनुभयो ।
-कोशराज राई/नागरिक पत्रकार