गृहपृष्ठ » अन्तर्राष्ट्रिय, देवदह विशेष, मुख्य समाचारन्युजिल्याण्डको वाइमेटमा यसरी जल्यो एउटा नेपाली सपना

न्युजिल्याण्डको वाइमेटमा यसरी जल्यो एउटा नेपाली सपना

August 7, 2015६५२ पटक

न्युजिल्याण्डको वाइमेटमा यसरी जल्यो एउटा नेपाली सपना

क्राइस्टचर्च (न्युजिल्याण्ड)-न्युजिल्याण्डको वाइमेटस्थित आफ्नै रेष्टुरेण्टभित्र सुखद् सपनाको आशामा सुतेकी तुल्सी काफ्ले बिहान ब्युँझिन नपाउँदैं ढोकामा एउटा कोलाहाल आवाज सुनिन् । भूकम्प आयो कि भन्ने सोचिन्, उनले सुरुमा । ढोका खोल्दा त्यहाँ आगोको भब्य लप्का देखियो ।

‘मैल बिस्तारै ढोका खोलेर हेरेँ, त्यहाँ ठूलो आगलागी भएको थियो । झट्ट ढोका बन्द गरेर बेस्सरी चिच्याउँदैं बा-आमालाई बोलाएँ । तर, उहाँहरुको आवाज आएन्,’ तुल्सीले भनिन् । तुल्सी र उनका दुई बहिनीहरु मनिषा (१७), र ममता (११) बरन्डातिर उक्लिए ।

उनले त्यहाँबाट बाको मोवाइल फोनमा फोन गर्ने कोसिस गरिन् । फोनमा पनि सम्पर्क हुन सकेन । हतार-हतार उनले उद्धारका लागि १११ मा डायल गरिन् । अचानक कान्छी बहिनी ममताले चिच्याएको आवाज सुनेर छिमेकीहरु त्यहाँ आएर उद्धार गरे ।

तीन दिदी बहिनीलाई बरण्डाबाट भुँइमा उतारे । यसरी, गएराति न्युजिल्याण्डको वाइमेटस्थित रेष्टुरेण्ट ब्यवसाय गरी बस्दैं आएको नेपाली परिवारमा परेको यस्तो विपद् सायदैले भोग्नुपर्ला । जहाँ तेजनारायण काफ्ले, उनकी श्रीमती टीका र छोरा प्रेमको आगलागीबाट निधन भयो । परिवारमा परेको यस्तो विपद्पछि तीन छोरीहरु तुल्सी, मनिषा र ममता क्रिसचर्चस्थित अंकल र हजुरबाको साथमा बस्दैं आएका छन् । घटनापछि स्थानीय प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गरेको बताइएको छ ।

आगलागीमा ज्यान गुमाएका टीका, प्रेम र तेज काफ्ले आगलागीमा ज्यान गुमाएका टीका, प्रेम र तेज काफ्ले

न्युजिल्याण्डमा बस्दैं आएका नेपाली परिवारहरुमा सम्भवतः यो अहिलेसम्मकै ठूलो दुर्घटना मानिएको छ । २४ वर्षीया तुल्सी भन्छिन्, ‘मेरी आमाले सबैथोक हेर्नुहुन्थ्यो । यतिसम्म कि, मैले लगाउने जुत्ता, कपडा उहाँले नै छान्नुहुन्थ्यो । मलाई अझै थाहा छैन मेरो लागि कति साइजको जुत्ता, कपडा फिट हुन्छ । अब बहिनीहरुलाई मैले नै हेर्नुपर्नेछ । तर, मलाई केहि थाहा छैन्,’ उनी थप्छिन्, ‘म अभागी रहेछु भन्ने लागेको छ । जबकी, बा-आमा र भाइलाई चाहेर पनि बचाउन सकिन ।’

रेष्टुरेष्ट बाहिर श्रद्धान्जली दिदैं छिमेकीहरु रेष्टुरेष्ट बाहिर श्रद्धान्जली दिदैं छिमेकीहरु

यो दुर्घटनाले काफ्ले परिवारमा एउटा ठूलो शोक थपेको छ । तुल्सी, उनका बहिनीहरु, अंकल, हजुरबा-आमाको आँखा ओभानो हुन सकेको छैन् । ८ वर्षे भाइ प्रेम, ४८ व वर्षीय बा र ३९ व र्षीया आमाको अन्तिम बिदाइले यो नेपाली परिवार विक्षिप्त बनेको छ । आगलागीको कारणबारे पूर्ण विवरण भने आइसकेको छैन । यद्यपी, आगलागीका कारण तुल्सीको हातमा केहि चोट लागेको छ ।

रेडियो न्यूजिल्याण्डको समाचारमा अाधारित ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण