गृहपृष्ठ » देवदह विशेष, पत्रपत्रीका, मुख्य समाचारछुट्टी लिएरै मलेसियामा नेपालीले दसैँ मनाए

छुट्टी लिएरै मलेसियामा नेपालीले दसैँ मनाए

October 23, 2015४४४ पटक
फोटो :दसैंको टीका लगाउँदै मलेसियाका नेपाली । 
मलेसिया : मलेसियामा रहेका नेपालीले विभिन्न कार्यक्रम गरेर दसैँं मनाएका छन् । विहीवार मलेसियाको क्लाङ्गमा नेप्लिज विजिनेश एसोसिएसन क्लाङ्गले दर्शै विषेश कार्यक्रम गरेको छ ।
विजय दशमीको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर नेपालीवीच दशैं कार्यक्रम सम्पन्न गरिएको हो ।
मलेसियामा नेपालीहरु कम्पनीबाट छुट्टी लिएरै दसैं मनाएका हुन् । उनीहरुले प्रदेशमा भएपनि एकै ठाउँ भेला भएर दसैंमा खुसी साटासाट गरे ।
कार्यक्रममा दशैंको दिन पनि टीका लगाउन नपाएका नेपालीलाई समुहिक टीका लगाइएको थियो । नेपाली दूतावास मलेसियाका द्धितिय सचिव उत्तम शाहीले सो कार्यक्रममा उपस्थितलाई टीका लगाइदिएका थिए ।
सोही कार्यक्रममा विभिन्न वक्ताले नेपाली नेपालीवीच भाइचार बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
कार्यक्रममा प्रवासमा रहेका नेपाली कलाकारले आफ्नो प्रस्तुतीसमेत दिएका थिए । गायक जनक रुचाल, रमेश बानियाँले गीत गाए भने जस्मा लिङ्गदेन, सुमित स्याङ्गतान र विशाल नेगीलगायतले नृत्य प्रस्तुत गरेका थिए ।
मलेसियाका अन्य ठाउँमा रहेका नेपालीलेसमेत सामुहिक टीका लगाएर दसैँ मनाएका छन् । कम्पनीमा रहेका श्रमिकले छुटी लिएरै दसैँ मनाएका हुन् ।
जेलका नेपालीलाई सहयोग 
कार्यक्रममा विजीनेश एसोसिएसन क्लाङ्गले मलेसियाका जेल र डिस्टेनेशन क्याम्पमा रहेका नेपालीलाई नेपाल फर्कनका लागि ५ हजार रिङ्गेट बराबरको टिकट सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष्य राजन सुव्बाले दुतावासका द्धितीय सचिव शाहीलाई ५हजार रिङ्गेटको चेक हस्तातरण गरेका हु्न ।
सो रकमबाट इपोको डिस्टेनेशन क्याम्पमा रहेका ९ नेपालीलाई घर फर्काउन सहयोग हुने शाहीले जानकारी दिए । पछिल्लो समय मलेसियाका जेलमा रहेका १७ नेपाली निशुल्क टिकट पाएर घर फर्किसकेका छन् ।
अन्नपूर्ण पोस्ट्
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण