गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारआईएससँगको झडपमा १६ को मृत्यु

आईएससँगको झडपमा १६ को मृत्यु

October 23, 2015१५७ पटक

फोटो :एजेन्सी

२०७२ कार्तिक ६ शुक्रबार

 रमादी (इराक) : इराकको पश्चिमी प्रान्त अन्बारमा भएको हवाई आक्रमण र आईएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ ।
मारिनेमा केही सुरक्षाकर्मी पनि हुनसक्ने प्रान्तीय सुरक्षा स्रोतले बिहीबार सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको छ ।
इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको आक्रमणमा आइएस लडाकू र केही सुरक्षाकर्मीसमेत मारिएका जनाइएको छ ।
भीषण विस्फोटन र आईएस लडाकू र सुरक्षाबलबीचको झडपको कारण अज्ञात सङ्ख्यामा आईएस लडाकू मारिनुको साथै घाइते भएका सो स्रोतले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण