गृहपृष्ठ » मुख्य समाचार, शिक्षा​रुघाखोकी लागेको बेला मासु नखान डाक्टरको सल्लाह

​रुघाखोकी लागेको बेला मासु नखान डाक्टरको सल्लाह

October 23, 2015२०७ पटक

काठमाडौं, कात्तिक ६ – मौसम परिवर्तन सुरु भएकाले रुघाखोकी र ज्वरोका विरामी बढेका छन् । हरेक वर्ष यहि समयमा रुघाखोकीका विरामी बढ्ने डाक्टरहरु बताउँछन् । मौसम परिवर्तन र चाडपर्व पनि सँगै परेकाले रुघाखोकीका विरामी यसपाली बढेका टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बताउनुभयो  ।

अस्तलामा पुग्ने विरामीमध्ये ९० प्रतिशत भन्दा बढीमा रुघाखोकी पाइएको छ । चाडपर्वको बेला गाडीमा ओहोरदोहोर गर्दा धेरै भीड हुने भएकाले पनि रुघाखोकी फैलिएको डाक्टर पुनको भनाई छ । भीडमा यात्रा गरेकाहरुले घर पुगेपछि सफासँग साबुन पानीले हात धोएर मात्र अरु काम गर्नु पर्नेमा डाक्टरको सुझाव छ ।

रुघाखोकीसँगै उच्च ज्वरो आए तत्काल अस्पताल जानुपर्छ । यस्तो बेला मासु नखान उहाँको सल्लाह छ । रुघाखोकीको समयमा नै उपचार नगरे मौसमी फ्लूको खतरा पनि हुने भएकाले भीडभाडमा नजान, जानै परे माक्स लगाउन र उमालेको पानी मात्र पिउन डाक्टरको सुझाव छ ।UJYAALOONLINE

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण