गृहपृष्ठ » मुख्य समाचार, सूचना प्रविधीआउने भयो सेल्फ ड्राइभिङ कार

आउने भयो सेल्फ ड्राइभिङ कार

October 23, 2015३५३ पटक
फोटो :प्रतिनिधि फोटो

एजेन्सी : संसारकै चर्चित अटो शो टोक्यो मोटर शो शुरु हुनभन्दा केही दिनअघि जापानको चर्चित कम्पनी होन्डाले सन् २०२० सम्ममा सेल्फ ड्राइभिङ कार बनाउने घोषणा गरेको छ ।
यसभन्दाअघि निसान र टोयोटाले पनि सेल्फ ड्राइभिङ कार बनाउने घोषणा गरिसकेका छन् ।
होन्डाका प्रवक्ताले बताए अनुसार होन्डा र जनरल मोटर्स फ्युल सेल सिस्टम दुबै सेल्फ ड्राइभिङ कार बनाउनका लागि एकसाथ मिलेर काम गरिरहेका छन् ।
केही दिनअघि बेलायको पत्रिका ‘द गार्जियन’ ले लेखेको समाचार अनुसार बहुचर्चित प्राविधिक कम्पनी एप्पल पनि सेल्फ ड्राइभिङ कार बनाउने एक गोप्य परियोजनामा काम गरिरहेको छ ।
यसका साथै गुगल पनि अमेरिकाको सिलिकन भ्यालीमा सेल्फ ड्राइभिङ कारको परीक्षणमा लागिरहेको छ ।
गत साता इलेक्ट्रिक कार बनाउने वाली कन्पनी टेस्लाले पनि आफ्नो एक आधिकारिक बक्तब्यमा कम्पनीले सेल्फ ड्राइभिङ कार बनाउनेतर्फ कदम बढाएको जानकारी दिएको थियो ।
समाचार अनुसार टोक्यो मोटर शोका क्रममा कयौं कम्पनीले सेल्फ ड्राइभिङ कारको कन्सेप्ट पेश गर्नेछन् । सन् २०२० सम्ममा सडकमा सेल्फ ड्राइभिङ कार देख्न पाइने अन्तरर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण