गृहपृष्ठ » मुख्य समाचार, राजनीतिएमाले मन्त्री छान्ने छलफलमा ।।

एमाले मन्त्री छान्ने छलफलमा ।।

October 23, 2015२११ पटक

कार्तिक ६ गते।।

मन्त्री छान्ने विषयमा नेकपा एमालेले आन्तरिक छलफल सुरु गरेको छ । पर्सी आइतबार नै मन्त्रिपरिषद विस्तार गर्ने गरि छलफल भइरहेको एमालेले जजनाएको छ । एमालेले आफ्नो तर्फबाट मन्त्री छान्ने काम अन्तिम चरणमा पुगेको एमालेका कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । आज पनि शीर्ष तहका नेताहरुबीच छलफल हुने उहाँले जानकारी दिनुभयो । एमाले उपाध्यक्ष भीम रावललेका नेतृत्वमा मन्त्रीहरुको चयन गर्नेमा लगभग सहमति भएको र बैठक बसेर अन्तिम निर्णय गर्न बाँकी रहेको एक नेताले जानकारी दिनुभयो । सरकार जान यस्तै राप्रपा नेपाल, राप्रपा, लगाएत अरु साना दलहरुको तर्फबाट पनि मन्त्रीको नाम सिफारिस भएको छैन । राष्ट्रपतिको टुङ्गो लागे लगत्तै मन्त्री पठाउने गरि नाम छान्नेमा एमाले लागेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्रीमा सघाउने साना दलहरुको सङख्या धेरै भएको तथा मन्त्रीमा आकाक्षी व्यक्तिहरु धेरै भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री मण्डल बिस्तारमा सकस परेको छ । एकीकृत माअ‍ोवादीको प्रस्ताब तथा राप्रपा नेपालको समर्थनमा केपी शर्मा ओली गत २४ गते प्रधानमन्त्री चुनिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण