गृहपृष्ठ » मुख्य समाचार, समचार​दसैंमा १३ लाखले काठमाडौं छाडेको अनुमान

​दसैंमा १३ लाखले काठमाडौं छाडेको अनुमान

October 23, 2015२०१ पटक

काठमाडौं, कात्तिक ६ – यसवर्ष दसैंमा १३ लाख जनाले काठमाण्डू छोडेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार विभिन्न नाका भएर १३ लाखको हाराहारीमा यात्रु काठमाण्डूबाट बाहिरएका हुन् ।


इन्धन अभावमा सार्वजनिक बस कम चल्दा धेरैजना ट्रक, ट्याक्टर लगायत अरु गाडीमा चढेर घर गएका थिए । दसैंमा घर जानेहरु विस्तारै फर्किन थालेका छन् । दसैंको टिका लगाएर हिजो केहि फर्किए पनि आजदेखि फर्कनेको संख्या बढ्ने यातायात व्यवसायीले बताएका छन् ।
यसअघि नेपाल आयल निगमले डिजेलको केहि वितरण सहज बनाएपनि गाउँ गाउँबाट फर्कन समस्या भएको व्यवसायीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण