गृहपृष्ठ » खेलकुदयू १९ विश्वकप क्रिकेट छनोट–उत्कृष्टको सूचिमा नेपालकै वर्चश्व आरिफ शेख प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

यू १९ विश्वकप क्रिकेट छनोट–उत्कृष्टको सूचिमा नेपालकै वर्चश्व आरिफ शेख प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

October 23, 2015१७४ पटक

काठमाडौँ  – यू १९ विश्वकप क्रिकेटको छनोट अन्तर्गत उत्कृष्ट खेलाडीको सूचिमा नेपाली खेलाडीको दबदबा कायम भएको छ ।

12170181_10205391636013845_1819155321_nनेपालले छनोटमा सबै खेल जित्दै विश्वकपमा स्थान बनाएको छ । प्रतियोगितामा नेपालले आयरल्याण्ड विरुद्ध फाइनलमा ३ विकेटको जीत निकाल्दा चार विकेट लिएका ललित राजवंशी म्यान अफ दि म्याच घोषित भए । त्यस्तै नेपालका आरिफ शेखले प्रतियोगिताको म्यान अफ दि सिरिजको उपाधी जिते । सन् १९९७ मा विरगन्जमा जन्मिएका शेखले पछिल्लो समय उमेरसमूह देखी राष्टिय टोलीमा समेत राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले जारी प्रतियोगितामा ५ खेलबाट १० विकेट लिने क्रममा केवल ७१ रन खर्चिए । बलिंगतर्फ आयरल्याण्डका रोरी एन्डर्सले उनीभन्दा बढी सर्वाधिक १३ तथा नेपालकै प्रेम तामांगले ११ विकेट लिएपनि उनीहरुको बलिंग आरिफको जस्तो किफायती रहेन । अलराउन्ड प्रदर्शन गरेका आरिफले प्रतियोगिताको सुरुआती खेलमा पपुवा न्युगिनी विरुद्ध ५४ रन प्रहार गरेका थिए । प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचिमा नेपालका सुनिल धमाला १ सय ७० रनसहित पहिलो नम्बरमा छन् । आयरल्याण्ड विरुद्ध समूह चरणको अन्तिम खेलमा उनले सन्दीप सुनुवारसँग मिलेर पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेका थिए । प्रतियोगितामा उनको यो साझेदारी पनि सबैभन्दा ठूलो साझेदारी हो । बलिंगतर्फ एकै इनिंगमा सर्वाधिक किफायती बंलिग गर्ने रेकर्ड पनि सुनिल धमलाकै नाममा छ । उनले पपुवा न्युगिनी विरुद्धको खेलमा ५ विकेट लिने क्रममा केवल १५ रन खर्चिएका थिए । त्यस्तै ९ ओभर बलिंग गरेर अमेरिका विरुद्ध ३१ रन खर्चदै ५ विकेट लिने प्रेम तामांग यस सूचिमा दोस्रो नम्बरमा छन् । प्रतियोगितामा शतक हान्ने एकमात्रै खेलाडी नेपालका कप्तान राजु रिजाल हुन् । उनले युगान्डा विरुद्ध एक सय एक रन प्रहार गरे ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण