गृहपृष्ठ » मुख्य समाचार, समचारप्रहरीमाथि आक्रमण गर्ने जुवाडे पक्राउ

प्रहरीमाथि आक्रमण गर्ने जुवाडे पक्राउ

October 23, 2015१९६ पटक

६ कात्तिक, गाैशाला । प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।

जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट प्रहरीको गाडीमा समेत सामान्य क्षति पुगेको छ भने जुवाडेहरुले प्रहरी हबल्दार बरुण भूमिहारलाई कुटपीट गरी घाइते बनाएका छन् ।

घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण