गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, सूचना प्रविधीबैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

August 7, 2015६४८ पटक

बैज्ञानिक भन्छन्, ‘पश्चिम नेपालमा ठूलो भूकम्पको खतरा’

काठमाडौं । गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर गएको  भूकम्पपछि बैज्ञानिकहरुले नेपालको भूगोलको विषयमा विभिन्न अनुसन्धान गरिरहेका छन् । पछिल्लो पटक बैज्ञानिकहरुले पश्चिम नेपालदेखि भारतको दिल्लीसम्म एउटा ठूलो भूकम्प आउन सक्ने तथ्य पत्ता लागेको दाबी गरेका छन् ।

गत बैशाखमा गएको भूकम्पका कारण पृथ्वीमुनिको चाप अझै बाहिर निस्कन नसकेको तथा चाप नेपालको पश्चिम भागतर्फ सर्दै गएकाले भूकम्प आउन सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका हुन् । हालै प्रकाशित नेचर एण्ड साइन्स् पत्रिकामा बैज्ञानिकहरुले भूकम्प आउन सक्ने दाबी गर्दै लेख लेखका छन् । अनुसन्धानमा आधारित लेखहरुमा भूकम्पको स्वरुप र मिति भने उल्लेख गर्न नसकिने जनाएका छन् ।

अनुसन्धानको बारे समाचार छापेको बीबीसी वल्र्ड सर्भिसले अनुसन्धानकर्तासँग कुराकानी गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जँ फिलिप अवुआकले अनुसन्धानबारे भनेका छन्, ‘नेपालको पश्चिम क्षेत्रमा ध्यान दिन जरुरी छ, यदि तत्काल भूकम्प आउने हो भने पश्चिम नेपालमा मात्र होइन, भारतको उत्तरी क्षेत्रको गंगा मैदानको घना बस्तीमा समेत ठूलो क्षति हुन सक्नेछ । ’

बैज्ञानिकहरुका अनुसार गत बैशाखमा गएको भूकम्प भारतीय प्लेट र युरोसियन प्लेट बीचको दुई भौगर्भिक क्षेत्र जुध्दा आएको हो । निरन्तर हुने यो प्रक्रियाबाट प्रत्येक वर्ष दुई सेन्टिमिटरले उत्तरतर्फ जमिन सरिरहेको छ । तर, गत वैशाखको भूकम्पका कारण जमीनमुनि सञ्चित चापमध्ये केहि मात्रै बाहिर निस्किएको बैज्ञानिकहरुले बताएका छन् ।

गत वैशाखको भूकम्पबारे प्राध्यपक अवुआकले भने, ‘यदि भूकम्प हिमाली क्षेत्रको भागमा चिरा पारेको भए अझ ठूलो भूकम्प आउने संभावना थियो । ’ जमीन मुनिको चाप नेपालको पश्चिम क्षेत्रको पोखरादेखि दिल्लीको उक्ततर्फ सारेको बैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ ।

यसअघि १६ औं शताब्दीको सुरुआतमै नेपालको हिमाली क्षेत्रमा महाभूकम्प आएको थियो । उक्त भूकम्प ८.५ रेक्टर स्केलको भएको बैज्ञानिकहरुले बताएका छन् । त्यसयता हिमाली क्षेत्रमा भूकम्प नआएकाले त्यहाँ चाप बढिरहेकाले भूकम्प आउने सक्ने अनुमान गरिएको हो । यसबारे अवुआकले भने, ‘हामी नेपालको पश्चिम क्षेत्रबारे निकै चिन्तित छौं । ’

यस विषयमा अझ अनुसन्धान गरेपछि मात्र थप तथ्य थाहा पाउन सकिने अवुआक नेतृत्वको टोलीले जनाएको छ । उनले भने, ‘हामी भूकम्प आउँछ भनेर मानिसहरुलाई आतंकित पार्न चाहन्नौ, तर आफू बसोबास गरिरहेको क्षेत्रमा बढि चाप भएको विषयमा उनीहरु सचेत रहन जरुरी छ । भूकम्पलाई थेग्न सक्ने संरचना बनाउन ध्यान दिनुपर्छ । ’

बेलायतको ओपन विश्वविद्यालयका प्राध्यापक डेभिड रथरीले नेपालमा भूकम्पको विषयमा जनचेतना फैलाउन जरुरी रहेको बताए । उनले भने, ‘पश्चिम नेपाल तथा भारतको उत्तरी क्षेत्रका विद्यार्थीहरुलाई भूकम्प आउँदा कसरी सुरक्षित रहने विषयमा प्रशिक्षण दिन जुरुरी छ । साथै विद्यालय भवन भूकम्प प्रतिरोधी बनाएमा कयौ मानिसको ज्यान जोगाउन सकिन्छ । ’ गत वैशाखको भूकम्पबारे प्राप्त थप तथ्यबाट यसले अरु क्षती गर्ने बैज्ञानिकहरु बताउँछन् ।

प्राध्यापक अवुआकले भने, ‘काठमाडौं नजिकको भूभागलाई केन्द्र बनाएर ७.८ म्याग्निच्युडको भूकम्पछि मैले ३ देखि ४ लाख मानिसको ज्यान जान्छ भन्ने सामाचार सुन्न तयार थिए । तर घना बस्ती भएको क्षेत्रमा १० हजार भन्दा बढि मानिसको ज्यान जानु सानो संख्या मान्नुपर्छ । ’ वैसाखमा भूकम्पछि जमीन मूनिको चाप अझै पूर्णरुपमा निष्काशन हुन नसकेको तथा चाप पश्चिमतर्फ गइरहेकाले जोखिम बढेको अनुसन्धाकर्ताले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण