गृहपृष्ठ » मुख्य समाचार, समचारबसले किच्दा सहचालकको मृत्यु

बसले किच्दा सहचालकको मृत्यु

October 23, 2015२०४ पटक

सप्तरीमा आफ्नै बसले किच्दा आज बिहान सहचालकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी कुशहा–४ मा ना ५ ख ४९२५ नम्बरको यात्रुवाहक बसले किच्दा सहचालक दीपक कार्कीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  यसैबीच चितवनको माडीमा दसैँका बेला अत्यधिक मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा चार जना घाइते भएका छन् ।   दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण