बारपाकमा छेलोले लागेर २ घाइते, हेलिकप्टरबाट उद्धार
गोरखा– दशैँको अवसरमा गोरखाको बारपाक शुक्रबार भएको छेलो हान्ने प्रतियोगितामा छेलो हान्दा लागेर दुई जना घाइते भएका छन्। बारपाक–४ का २४ वर्षिया रामप्रसाद घलेले छेलो हान्ने क्रममा हातबाट चिप्लिएर छेलो खस्दा बारपाक–२ की १८ वर्षिया पुरमाया गुरुङको हातमा लागेको प्रहरीले जनाएको छ।
गुरुङ छेलो खेल हेर्न गएकी थिइन्। गुरुङको छेलोले लागेर घलेको चिप्लिएको छेलोले लाग्दा घाइते भएका हुन्। घाइते दुवैलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँको टिचिङ हस्पिटल लगिएको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताए। बारपाकमा दशैँको अवसरमा स्थानीयले हरेक वर्ष विभिन्न खेलकुद कार्यक्रम गर्ने गर्छन्।