गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया अाजदेखि थालिने

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया अाजदेखि थालिने

October 24, 2015२६१ पटक

७ कात्तिक, काठमाडौँ । नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसदमा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरू हुँदैछ ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्नान्न ३ बजे संसद् बैठक बस्दैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ ।

‘सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,’- निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताए ।

राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गतेसम्मको समय पाउनसक्ने समेत कुँइकेलले बताए ।  ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण