गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसमासामयिक विषयमा छलफल गर्न कांग्रेसको बैठक बस्दै

समासामयिक विषयमा छलफल गर्न कांग्रेसको बैठक बस्दै

October 24, 2015२४७ पटक

Congress-Flag७ कात्तिक, काठमाडौँ ।  राष्ट्रपति एवम् उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

दिउँसो साढे १२ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण, प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसको भावी रणनीति तय र राष्ट्रपति एवम् उपराष्ट्रपति पदका आफ्ना उम्मेदवारलाई विजयी बनाउने उपायबारे छलफल गर्ने पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जाकारी दिए ।

शनिबार नै कांग्रेस पार्टीको पदाधिकारी बैठक सभापति सुशील कोइराला निवास महारागञ्जमा बस्ने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण