आज पनि टीका लगाईंदै, घर गएकाहरु कार्यथलोमा फर्किदै ।।
कठमाण्डौ, ७ कार्तिक ।।
दशै मनाउन घर गएकाहरु शहर फर्कने क्रम शुरु भएको छ । दशैको टिका सकिएसंगै राजधानीलगाएत देशका अधिकांश शहरहरुमा चहल पहल बढेको छ । आज पनि केही ठाउँमा टीका लगाईंदैछ । पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ । तर ईन्धन अभावका कारण काममा फर्कने मानिसहरुले पनि उस्तै सास्ती बेर्होन बाध्य भएका छन् । ईन्धन अभावका कारण देखाउँदै यातायात व्यवसायिले भाडा वृद्धि गरेपछि चर्को मूल्य तिरेर यात्रा गर्न बाध्य भएको सर्वसाधारणले बताएका छन् । काठमाण्डौं उपत्यकाका नेवार समुदायले हिजो दशैंको टिका लगाएका छन् ।