गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारआज संयुक्त राष्ट्र संघ दिवस ।।

आज संयुक्त राष्ट्र संघ दिवस ।।

October 24, 2015१५२ पटक

कठमाण्डौ, ७ कार्तिक ।।

आज संयुक्त राष्ट्रसंघ दिवस, राष्ट्र संघको स्थापना भएको दिन सन् १९४५ अक्टोबर २४ को स्मरणमा संयुक्त राष्ट्रसंघ दिवस मनाइन्छ । दिवस मनाउन भने सन् १९४८ अक्टोबर २४ देखि मनाउन थालिएको हो । यो दिवस नेपालसहित सदस्य रहेका मुलुकहरुका राष्ट्र संघीय कार्यालयहरुमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल सन् १९५५ देखि राष्ट्रसंघको सदस्य राष्ट्र हो । कतिपय सदस्य देशहरुले आज सार्वजनिक दिने गरेका छन् । यसैबीच दिवसका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्र संघका महासचिव बान की मूनले विश्वमा ठूलो समस्यामा रहेको गरिबी हटाउन ठूलो चुनौति रहेको बताउनु भएको छ । उहाँको सन्देशमा सबै राष्ट्रले गरिबी अन्त्यका लागि पहल गर्नुपर्ने पनि बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण