गृहपृष्ठ » मुख्य समाचार, राजनीतिएमालेको चियापान यसपटक जनकपुरमा गर्ने तयारी ।।

एमालेको चियापान यसपटक जनकपुरमा गर्ने तयारी ।।

October 24, 2015२०० पटक

कठमाण्डौ, ७ कार्तिक ।।
नेकपा एमालेले दशै तिहार तथा छठ पर्वका अवसरमा गर्ने चियापान यसपटक जनकपुरमा गर्ने भएको छ । तराई मधेसका जनताप्रति विशेष सदभाव देखाउँदै यसपटक चियापान जनकपुरम गर्न लागेको एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले सँधै काठमाण्डुमा गरिंदै आएको चियापान कार्यक्रम यसपटक जनकपुरको बारविगाहमा गरिने बताउनुभयो । उहाँले तराई पहाड सबै नेपाली एक हौं भन्ने सन्देश दिन र एमाले मधेसका मुद्दामा संवेदनसील भएको जानकारी गराउन जनकपुरमा चियापान गर्ने निर्णय भएको बताउनुभयो । चियापानको समय भनेपछि तय हुने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण