गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारफास्ट ट्रयाक निर्माण नयाँ चरणबाट सुरु गर्ने ।।

फास्ट ट्रयाक निर्माण नयाँ चरणबाट सुरु गर्ने ।।

October 24, 2015२५३ पटक

कठमाण्डौ, ७ कार्तिक ।।
सरकारले काठमाडौं–तराई मधेस फास्ट ट्रयाक निर्माण नयाँ चरणबाट सुरु गर्ने भएको छ । मन्त्रिपरिषदमा पुगेको फास्ट ट्रयाक सम्झौता गरेर नयाँ प्रक्रियाबाट सुरु गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारसँग छलफल गरिसक्नु भएको छ । स्रोतका अनुसार अबको मन्त्रिपरिषद बैठकबाट भारतीय आइएल एन्ड एफएसलाई दिने तयारी रहेको प्रस्ता फिर्ता हुनेछ । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले यसअघि भारतीय कम्पनीलाई जिम्मा दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजानु भएको थियो । ५ वर्षको निर्माण अवधिसहित ३० वर्षलाई आयोजना दिन मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । सरकारले सकेसम्म स्वदेशी लगानीमा बनाउन सकिने सम्भावना खोज्ने पनि तयारी गरेको छ । सरकारले भारतीय कम्पनीलाई आयोजना निर्माणको जिम्मा नदिए उसले डिपिआर तयार पारे बापतको पैसा तिर्नुपर्नेछ । सम्झौता हुँदा भौतिक योजना तथा यातायात मन्त्री निधिले अघि सारेको सर्तअनुसार भारतिय कम्पनीलाई फास्ट–ट्रयाक बनाउन दिँदा राष्ट्रघात हुने भन्दै आफंैले परियोजना बनाउने गरी काम अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण