गृहपृष्ठ » मुख्य समाचार, राजनीतिराष्ट्रपतिमा प्रमुख दुई दलको दाबी ।।

राष्ट्रपतिमा प्रमुख दुई दलको दाबी ।।

October 24, 2015२१० पटक

कठमाण्डौ, ७ कार्तिक ।।

भावी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिष्पर्धा हुने भएको छ । नयाँ संविधान अनुसार भोलीदेखि शुरु हुने राष्ट्रपतिय निर्वाचनका लागि नेपाली काग्रेस र नेकपा एमालेले आफ्नो तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आज बिहान थप छलफल गरेर उम्मेदवारका विषयमा सहमति खोज्ने प्रमुख दलहरुको तयारी छ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि काग्रेसले यसअघिको भद्र सहमति तोडिसकेकाले बदलिएको परिस्थितिमा राष्ट्रपति आफुले पाउनुपर्ने दाबी गरेको छ । सीआईएनसँग कुरा गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सहमतिका लागि काग्रेससंग मिलेर गएपनि राष्ट्रपतिमा काग्रेसलाई सहयोग गर्न नसक्ने बताउनुभयो । एमालेको तर्फबाट झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ तथा विद्या भण्डारीको नाम राष्ट्रपतिको लागि चर्चामा छ । महासचिव पोखरेलले यीनै मध्ये कसैलाई उम्मेदवार बनाउने बताउनुभयो । नेपाली काग्रेसले हिजो पदाधिकारी बैठकबाट उम्मेदवारी दिने तय गरेको हो । तर, नेकपा एमालेले सर्तसहित नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निष्कर्ष निकालेको छ । सरकारमा सहभागिता जनाउन कांग्रेस तयार भए कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने र विगतको प्रमुख दलको सहकार्य कायम राख्ने एमालेको निस्कर्ष छ । दशैंबीचमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेका उच्च नेताहरुको बैठकले कांग्रेस सरकार सहभागि हुन तयार भए राष्ट्रपतिमा समर्थन गर्ने निष्कर्ष निकालेको छ । स्रोतका अनुसार कांग्रेससँग छलफल गर्ने जिम्मा पूर्व प्रधानमन्त्री तथा नेता माधवकुमार नेपालाई दिइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण