गृहपृष्ठ » मुख्य समाचार, समचारदसैंमा सुनसान बनेका बजारमा चहलपहल सुरु

दसैंमा सुनसान बनेका बजारमा चहलपहल सुरु

October 25, 2015१४६ पटक

८ कात्तिक, गुल्मी । दसैंमा सुनसान बनेको गुल्मीको सदरमुकाम तम्घास बजारमा चहल पहल शुरु भएको छ ।
दसैं मनाउनका लागि मानिसहरु गाउँ गएर सुनसा नबनेकेा सदरमुकाम तम्घास बजारमा आईतवार बिहानैदेखि चहल पहल शुरु भएको हो ।
दसैं मान्न गएकाहरु पुन कर्मथलोमा फर्किने क्रम शुरु भएकाले आईतवार बिहानैदेखि सदरमुकाम तम्घास बजारमा चहल पहल बढेको हो । बिहानैदेखि सदरमुकाम तम्घासका पसलहरु पनि खुलेका छन ।
आईतबार बिहानै गाँउबाट फर्किने मानिसहरुले गर्दा ग्रामिण क्षेत्रबाट आउने सवारीका साधनहरुमा पनि मानिसहरुको भिडभाड देखिएको छ ।
यता भारतले गरेको अघोषित नाकाबन्दीका करण पेट्रोलियम पदार्थ अभावले जसरी तसरी दसैंमा घर आएर फकिर्नेहरुले ठुलो समस्या भोगेर आफ्नो कर्मथलोमा लागेका छन । उनीहरुले सवारीका साधनहरुमा महहरुले ठुलो समस्या भोगेर आफ्नो कर्मथलोमा लागेका छन ।
उनीहरुले सवारीका साधनहरुमा महङ्गो भाडा तिरेर र जोखिम पूर्ण यात्रा गर्न समेत बाध्य भएका छन । भारतले गरेकेा नाकाबन्दीका कारण देशमा पेट्रोलियम पर्दाथ अभाव भएकाले लामो सयमदेखि गुल्मी जिल्लामा यातायातका साधनहरु सहज रुपमा सञ्चालनमा नआउदाँ दसैंमा घर आएर फकिर्नेहरुले समस्या भोग्नु परेको छ । डिजल पेट्रोल अभावले बिभिन्न यातायात ब्यवसायी समितीहरुले सड्कमा यातयातका साधहरु पयाप्त छुटाउन नसकेको बताएका छन ।
यातायात ब्यवसायी समितीहरुले गुल्मीबाट बुटवल काठमाडौ, लगायत जिल्लाका ग्रामिण क्षेत्रमा पयाप्त यातायातका साधनहरु छुटाउन सकेका छैनन ।5x7E51P.dpuf

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण