गृहपृष्ठ » मुख्य समाचार, समचारडेढ लाख नगदसहित ३० जुवाडे पक्राउ

डेढ लाख नगदसहित ३० जुवाडे पक्राउ

October 25, 2015१८२ पटक

८ कात्तिक, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यो दसैँमा तास र जुवा खेल्ने ३० जनालाई पक्राउ गरेको छ ।

Tasचितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले दिएको जानकारीअनुसार दसैँका बेला प्रहरीले विभिन्न क्षेत्रमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

तास र जुवा खेलिरहेको अवस्थामा रङ्गेहात उनीहरुलाई पक्राउ गरी जुवा ऐनअनुसार कारबाही थालिएको कुँवरले आइतबार जानकारी दिए ।

जुवा तासविरुद्धको अभियानबारे जानकारी दिँदै कुँवरले आगामी दिनमा समेत यसको नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने बताए ।

खालबाटै एक स्थानबाट ९२ हजार र अर्को दुई स्थानबाट करिब २३/२३ हजार गरी झन्डै डेढ लाख रकमसमेत बरामद गरेको उनको भनाइ छ । कात्तिक ६ गते राति पूर्वी चितवनको कुमरोजस्थित एक होटलमा तास र कौडा खेलिरहेका १४ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट रु ९२ हजार नगदसमेत बरामद गरिएको हो । यस्तै गएको शुक्रबार प्रहरीले रत्ननगर– ९ स्थित कुखुरा फार्मको दाना राख्ने स्थानमा तास खेलिरहेका आठजनालाई पक्राउ गरेको छ ।

एकजना नेपाली सेनाका जवानसमेत रहेकाले उनलाई कारबाहीका लागि सेनालाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्लामा चोरीका घटना भने न्यून भएको प्रहरीले जनाएको छ ।

यो समयमा फरार रहेका एकजना थुनुवालाई समेत पक्राउ गरिएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण