गृहपृष्ठ » मुख्य समाचार, समचारमुगुको प्रसिद्ध पर्यटकिय स्थल छायाँनाथमा स्थानियद्धारा धर्मशाला निर्माण ।।

मुगुको प्रसिद्ध पर्यटकिय स्थल छायाँनाथमा स्थानियद्धारा धर्मशाला निर्माण ।।

October 25, 2015१८१ पटक

मुगु-

डोल्फु गाविस वडा नम्बर ४ मा पर्ने छायाँनाथ मन्दिरमा गएका तिर्थालुहरुलाई सहज बनाउनको लागी स्थानियले धर्मशालाको निर्माण गरेका छन् । बर्षौ धेरै क्षेत्रका तिर्थालु तथा आन्तरिक एवम् बाह्य पर्यटकहरु गईरहने भएपनी पहिले धर्मशाला नहुदा निकै समस्या भएको थियो । समुन्द्री सतहबाट ६ हजार मिटर उचाईमा रहेको छायाँ क्षेत्रमा निकै चिसो हुने भएकाले र बास बस्नको लागी पालबाहेक अरु केही नहुने भएकाले पछिल्ला बर्षहरुमा त्यहाँ जाने तिर्थालुहरुको सङख्या पनी घट्दै गएको थियो । आफुहरुले जडिबुटी संकलनबाट जम्मा गरेको ३ लाख २० हजारको लगानीमा धर्मशाला बनाईएको स्थानियले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण