अछामको सदरमुकाम संगै मुख्य व्यापारिक केन्द्रमा चहलपहल बढ्दै ।।
अछाम-
बडा दशैं लागेसँगै सुनसान बनेको अछाम जिल्लाको सदरमुकाम मंगलसेनलगाएतका मुख्य व्यापारिक केन्द्रहरुमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । सदरमुकामलगायत जिल्लाका मुख्य व्यापारिक केन्द्र साँफेबगर, जयगढ, कमलबजार विनायकमा बस्दै आएका व्यापारी, विद्यार्थी, कर्मचारी लगाएत सबै आआफ्नो घरतिर बडादशैं मनाउन गए पनि विजया दशमीको टिका लगाएर फर्किन थालेपछि शहर बजारमा बस्नेहरुकोे भिडभाड बढ्दै गएको हो । दशै र तिहारको छोटो बिदामा गएका कर्मचारी, व्यापारी ब्यवसायीहरु कार्यालय र शहर बजारतिर फकीएपछी दुई तिन दिन बन्द भएका कार्यालय तथा व्यापार व्यवसायहरु पनि खुल्न थालेका छन् ।