सत्तासाझेदार दलका नेताहरु बीच छलफल हुँदै ।।
सत्तासाझेदार दलका नेताहरु बीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा छलफल हुँदैछ । छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव र उमेद्वारी बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित एमाले, एकिकृत माओवादी र अन्य सत्तासाझेदार दलका नेताहरु बिच छलफल हुने तय भएको हो । छलफलमा सहमतिकै आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्ने विषयमा काँग्रेसलाई सहयोग गर्ने अथवा आफ्नै उमेद्वार खडा गर्ने भन्ने टुंगो लाग्ने एक नेताले जानकारी दिए ।