गृहपृष्ठ » मुख्य समाचार, समचारखुल्न थाले सरकारी कार्यालय , चहलपहल वृद्धि हुँदै

खुल्न थाले सरकारी कार्यालय , चहलपहल वृद्धि हुँदै

October 25, 2015२०२ पटक

काठमाडौँ – दसैँ बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् । भने चहल पहल पनि बढ्न थालेको छ ।
आश्विनशुक्ल सप्तमीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन् । सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकामा अहिले विस्तारै चहलपहल बढन् थालेको छ ।

दसैँमा लाखौँको सङ्ख्यामा राजधानीबाट बाहिरिएपछि प्रायः सुनसानजस्तै बनेको काठमाडौँमा भिडभाड बढ्न लागेको छ । काठमाडौँ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दसैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि उपत्यका बाहिर रहेका कतिपय सर्वसाधरणको आउने क्रम भने तिहार तथा छठ पर्वपछिसम्म कायम रहनेछ ।

यसैबीच उपत्यकाका विभिन्न पेट्रोल पम्पमा बिहानैदेखि तेल पाउने आसमा सर्वसाधरण लामबद्ध भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारौँको सङ्ख्यामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सवारी साधनको लाम लागेको छ ।
भद्रकालीदेखि थापाथलीसम्म मोटरसाइकलको लाइन पुगेको छ । त्यस्तै नक्सालस्थित प्रहरी पम्प, साझा पम्पलगायत केही निजी पम्पमा पनि सवारी साधनको लामो लाइन देखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण