कपिलवस्तुमा आत्मदाह
आफैंले शरिरमा मट्टितेल खन्याई आगो लगाउदा भृकुटी नगरपालिका–१ मनहरा बस्ने ८० बर्षीया रामदुलारी बनियाँको मृत्यु भएको छ ।
बानियाले शनिबार घरमा कोही नभएको अवस्थामा शरिरमा मट्टितेल खन्याई आगो लगाएकी थिइन । गम्भीर घाइते उनको लुम्बिनी अंचल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।