गृहपृष्ठ » मुख्य समाचार, समचारबुटवलमा मालपोतको सेवा सुरु

बुटवलमा मालपोतको सेवा सुरु

October 25, 2015१४१ पटक

स्थापना भएको आठ महिनापछि बुटवलमा मालपोल कार्यालय सञ्चालनमा आएको छ ।
विवादका कारण भैरहवामा रहेका मालपोतका श्रेस्ताहरु बुटवलमा सार्न निकै कठिनाइ भएको थियो । दसैंंको बिदाका बीचमा कार्यालयका सरसामान कागजपत्र र श्रेष्ताहरु बुटवलमा ल्याइएको थियो ।
रुपन्देहीको भैरहवामा मात्र रहेको कार्यालयले नागरिकको चाप थेग्न नसकेपछि बुटवल लगायतका १० क्षेत्रलाइ कार्यक्षेत्र बनाउदै बुटवल १० सुख्खानगर स्थित कुशुमपथमा आइतबारबाट नयँँ कार्यालय सुरु भएको हो । यो सँगै रुपन्देहीमा २ वटा मालपोत कार्यालय भएका छन् ।
दसैं बिदा सकिएपछिको पहिलोदिनमै १५ जनाले सेवा लिएको मालपोल कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत यादबराज पाण्डेयले बताए ।
अब टीम स्प्रीट साथमा काम हुने बताउदै उहाँले सेवाग्राहीलाइ छिटो छरितो तथा सुलभ ढंगले बुटवल कार्यालयबाट सेवा प्रबाह गर्ने प्रतिबद्धता गर्नभयो । बुटवल कार्यालयले साबिकका बुटवल नगरपालिका,गाबिसहरु पर्राेहा, दुधराक्ष, मोतिपूर, सेमलार, केरवानी, गजेडी, शंकरनगर, मक्रहर, आनन्दबन र करहियाका सेवाग्राहीका धितो अंशबण्डा,जग्गापास तथा जग्गा सम्बन्धि सबैकाम गर्ने कार्यालयका नायब सुब्बा मीनबहादुर श्रेष्ठले बताए ।
कार्यालय सञ्चालनको पहिलो दिनमै १ लाख ५० हजार २ सय ९० राजश्व संकलन भएको छ ।
जसमध्ये राजिनामा ९ थान, हालैका बकस १ थान, अंश भरपाइ २ थान, बैंक धितो ३ थानको पास भएको छ ।
आइतबारबाट मात्र सञ्चालनमा आएको मालपोत कार्यालय बुटवलमा २२ जनाको दरबन्दि रहेपनि अहिले भने १२ जनाको मात्र पदपूर्ति भएको छ । रिक्त पदपूर्तिका लागि बिभागलाइ पत्राचार भैसकेको प्रमख मालपोत अधिकृत पाण्डेयले बताए ।
२०७१ फागुनमा बुटवलमा ल्याइएको कार्यालय समयमा संचालन हुन नसक्दा घर भाडा बापतको ३ लाख ६० हजार सरकारको ढुकुटीबाट रित्तिएको छ । कार्यालय स्थापना गरेपछि संचालन नभएपनि घरबेटीलाइ मासिक ४५ हजारका दरले भाडा बुझाउनुपरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण