गृहपृष्ठ » मुख्य समाचार, राजनीतिचरणबद्ध आन्दोलनका कार्यक्रम सुरु ।

चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु ।

August 7, 2015३८७ पटक

काठमाण्डौ २२ साउन ।।
नयाँ संविधानमा आफ्ना सरोकारका विषयलाई समेट्न माग गदै विभिन्न पक्षबाट हुने दवावमुलक कार्यक्रमहरु बढ्दै गएका छन् ।
नेकपा—माओवादीका अध्यक्ष मोहन वैद्य नेतृत्वमा रहेको ३३ दलिय मोर्चाले आजदेखि १६ बुदे सम्झौता र नयाँ संविधानको मस्यौदा जनताको हिनअनुकुल नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।
मोर्चाले आजदेखि दुईदिन सम्म गाउँ, नगर, निर्वाचन क्षेत्रस्तरिय अन्तरक्रिया, सभा, पर्चा पम्पीलेट वितरण गर्ने नेकपा—माओवादी प्रवक्ता पम्पा भुषालले जानकारी दिनुभयो ।
त्यस्तै, हिन्दुराष्ट्रको माग गर्दै विभिन्न हिन्दुवादी संघसस्थाहरुले खुला मञ्चमा वृहत हिन्दुसभाको आयोजना गर्दै छ ।
ओमकार समाज तथा विभिन्न हिन्दुवादी संस्थाहरुको आयोजनामा राजधानीमा र्याली सहित खुलामञ्चमा सभाको आयोजना हुने ओमकार समाजले जनाएको छ अहिले केहिबेरमा खुलामञ्चमा हुनेसभाले हिन्दुराष्ट्र घोषणा गर्न दवाव दिने हिन्दुवादी संघसंस्थाहरुको दावी छ ।
यसैविच, संघीय प्रदेश हुँदा समग्र सुदुरपश्चिम एक प्रदेश हुनु पर्ने मागसहित आजदेखि सुदुरपश्चिममा अनिश्चितकालिन आमहड्ताल आह्वान गरिएको छ ।
यसअघि अघिल्लो संविधानसभाको समयमा पनि अखण्ड सुदुरपश्चिको माग गर्दै एक महिनाभन्दा लामो आन्दोलन चलेको थियो । अखण्ड सुदुरपश्चिका पक्षधरहरुले आज बिभिन्न जिल्लाबाट चल्ने सवारी साधन चल्न रोक लगाएका छन् ।
बन्दका कारण धनगढी बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, कलकारखाना उद्योग धन्दा शैशिक संस्था सबै बन्द छन ।क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अत्तरियाबाट पहाडका ७ जिल्लाका लागी छुट्ने सवारी साधानहरु चलेका छैनन ।, राजधानीबाट सुदूरपशिच जाने सवारी साधानहरु पनि चिसापानीमा अलपत्र परेका छन ।
त्यस्तै, लुम्वीनि अञ्चलबाट प्रतिनिधित्व गर्ने सभासद्हरुले पनि लुम्वीनि अञ्चललाई नटुक्रयाउन शिर्ष नेताहरुलाई दवाव दिएका छन् । उनीहरुले हिजो सवै शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउदै लुम्वीनि अञ्चललाई विभाजन गरिएमा अमान्य हुने चेतावनी दिएका छन् ।
यसैबीच हिन्दु राष्ट्रको माग गर्दै सुनसरीको सदरमुकाम इनरुवामा बन्द आह्वान गरिएको छ ।
बन्दका कारण पसल तथा कार्यालयहरु खुल्न सकेका छैनन भने यातायात सेवा प्रभावित भएको छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण