राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरुको सामूहिक राजीनामा
काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज सामूहिक राजीनामा दिएका छन्। आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राईलगायत सबै सदस्यहरूले आज प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेको सदस्य डा गोविन्द नेपालले जानकारी दिए।
नयाँ सरकार गठन भइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न सहज बनाउनका लागि आयोगको बैठक बसेर निर्णय गरी राजीनामा दिएको उनको भनाइ छ। आयोगले सरकारलाई आर्थिक नीति तथा कार्यक्रम, योजनालगायतका विषयमा सुझाव दिनसक्छ। राससuf