मोर्चा कार्यकर्ताले सामान बोकेको भ्यान जलाए
रौतहट—संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज भेडियाही गाविस नजिकको सहायक राजमार्गमा पिकअप भ्यानमा आगजनी गरेका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मोर्चाका कार्यकर्ताले बा५च २२८८ नम्बरको पिकअप भ्यानमा आगजनी गरेका हुन्। सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ किराना सामान लिएर आउँदै गरेको भ्यानमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए। रासस