बिरामी बाेकेको एम्बुलेन्सबाट तेल झिकेर अान्दाेलनकारीले सडकमा अागो लगाए
सप्तरी—संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडक खण्डमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिटरभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन्।
मोर्चाका कार्यकर्ताले विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताए।
यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखेका थिए।
राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग,कलकारखाना, यातायात ठप्प पारेका छन् । रासस