गृहपृष्ठ » शिक्षाअस्पताल जानुअघि यति त जान्नैपर्छ

अस्पताल जानुअघि यति त जान्नैपर्छ

October 25, 2015१३४ पटक

hospital5अस्पतालमा भर्ना भएका बिरामी वा आफन्तलाई भेट्न जानु राम्रो कुरा हो । तर, उपचारार्थ विरामीलाई भेट्दा भने विशेष साबधानी अपनाउनुपर्छ । बिरामी परीक्षणका लागि चिकित्सकको आफ्नै समय हुन्छ । अधिकांश ठूला अस्पतालको आ–आफ्नै नियम हुन्छन्, जसको पालना सबै ‘भिजिटर’ले गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण विषय त तपाईले विरामीलाई सम्मान गर्नुपर्छ र तपाईको भिजिटले बिरामीलाई कुनै असुविधा वा दिक्क लाग्ने हुनु हुन्न ।
अस्पतालमा बिरामी भेट्न जाँदा बिचार पु¥याउनु पर्ने केही विषय
भेट्ने समय
साना वा ठूला प्राय सबै अस्पतालले बिरामी भेट्ने निश्चित समय तोकेका हुन्छन् । सो समयलाई जहिले पनि सम्मान गर्नुहोस् । ‘भिजिटिङ आवर’ सकिनु भन्दा १० मिनेट अगाडि अस्पताल पुग्नुभयो भन्दैमा तपाई लामो समय अस्पताल भित्र बस्न पाउनु हुन्न । बिरामीको सुविधाको लागि नियम बनाइएकोले यस्ता विषयमा अस्पतालका कर्मचारी र परिचारिकाहरुसँग अनावश्यक वहस नगर्नुहोस् । कतिपय अस्पतालमा संक्रमण सर्ने भएकोले बालबालिका लैजान प्रतिबन्ध हुन्छ । यस विषयमा पनि विशेष ख्याल गर्नुहोस् । कसैलाई भेट्नुअघि राम्रोसँग नियम पढ्नुहोस् ।
भिजिटरको संख्या
अस्पताल भनेको कुनै पार्टी प्यालेस जस्तो होइन जहाँ समूहमा भेला भएर परिबार वा आफन्तजनसँग रमाइलो छलफल हुन्छ । ठूला–ठूला अस्पतालमा बिरामीलाई भेट्नका लागि जान चाहने मानिसको संख्या तोकिएको हुन्छ । बेडभित्र विरामीलाई असर नपुगोस् वा चिकित्सक र नर्सको नियमित परीक्षण र सेवामा प्रभाव नपरोस भनि बिरामी भेट्ने भिजिटरको संख्या तोकिएको हुन्छ । अस्पतालको नियम पालना गर्नु सबै भिजिटरको कर्तव्य हो । दुई जना वा बढी अस्पताल जाँदा आफ्नो चिनेको मान्छेसँग भेट हुँदा त तपाईहरुलाई अवश्य पनि खुसी लाग्न सक्छ तर सोही समयमा भेट्न गएका बिरामीलाई शान्त वातावरणको आवश्यकता परेको हुन सक्छ । अस्पताल एउटा सार्वजनिक स्थल भएकोले यहाँका बिरामी र कर्मचारीको सम्मान गर्नुहोस् ।
बाहिरी खानेकुरा नलैजानुहोस
अधिकांश अस्पतालमा पोषणविज्ञहरु हुन्छन् र उनीहरकै परामर्शमा विरामीलाई खानेकुरा दिइन्छ । घरमा पकाएको खान स्वस्थ हुनेमा कुनै शंका नभए पनि खाना खुवाउने विषयमा अस्पतालका नर्र्सहरुसँग अनावश्यक विवाद नर्गनुहोस् । केही अस्पातलमा बाहिरबाट ल्याएको खानेकुरालाई प्रतिबन्ध लगाइएको हुन्छ । अस्पताल जाँदा क्यामेरा, वा खेलौना लिएर नजानुहोस् । किनकी यो कसैका लागि पनि रमाइलो गर्ने स्थल होइन । अस्पतालका प्राय सबै नियम बिरामीलाई चाडो निको पार्नका लागि हो ।
सरसफाई
अस्पताल र सरसफाईका पर्याबाची हुन् । प्राय अस्पताल स्वच्छ र सफा हुन्छन् । तसर्थ बिरामी र परिवारले पनि यस विषयलाई विशेष ख्याल गर्नुपर्छ । भर्खर जन्मिएको शिशुलाई भेट्न जाँदै हुनुहुन्छ भने साबुन पानीले हात धोएर मात्र शिशुलाई समाउनुहोस । बिरामीको बेडमा नसुत्नुहोस र बिरामीको वरपर भएका कुनै पनि उपकरणलाई नछुनुहोस । किनकी यसबाट सक्रंमण सर्न सक्छ । यदि तपाईँमा कुनै संक्रमण भएको छ भने बिरामीलाई असर पर्ने भएकोले सकभर अस्पताल नै नजानुहोस् ।
उपहार
अस्पतालमा भर्ना भएको बेलामा स्वच्छ फूल कसलाई मन पर्दैन र ? तर संक्रमण सर्ने सम्भावनामा कतिपय अस्पतालले फूल लैजान निषेध गरेका हुन्छन् । बिरामीको अनुहारमा मुस्कान छर्न तपाईँले किताव वा पत्रिका दिन सक्नुहुन्छ ।
बिरामीको शौचालय प्रयोग नर्गनुहोस् ।
मोबाईलाई साइलेन्स वा भाइब्रेसनमा मात्र राख्नुहोस् ।
भेटलाई छोटो बनाउनुहोस् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण