गृहपृष्ठ » शिक्षाबन्दा खाँदा फाइदै फाइदा

बन्दा खाँदा फाइदै फाइदा

October 25, 2015१४० पटक

cabbageसब्जी परिवार अन्तर्गत सबैको किचेनमा दैनिक प्रयोगमा आउने बन्दा प्राय दुई प्रकारको हुन्छ । ताजा हरियो पात र गुलावी पात भएको बन्दा । सलाददेखि पिजासम्ममा प्रयोग हुने बन्दाको पातको विशेष महत्व हुन्छ ।

कोलेस्ट्रोल घटाउँछ

दैनिक रुपमा बन्दा खाँदा कोलेस्ट्रोलको मात्रा घट्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । वास्तवमा बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा (एचडीएल) बढाउने र खराब कोलेस्ट्रोल (एलडीएल) घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ । बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।

खनिज र भिटामिनयुक्त

बन्दा भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत हो । अत्यधिक पोटासियमयुक्त खानेकुराले उच्च रक्त चाप नियन्त्रण गर्नुका साथै मुटुको रोगको खतरा न्यून गरिदिन्छ । उता म्याग्नेसियमले मुटुको रोगबाट मुक्त गर्नुका साथै चिनि रोगबाट समेत बचाउँछ । बन्दामा एकदमै हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ ,जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।

तौल घटाउँछ

त्यसो त सागपातको बढी उपभोग गर्दा तौल घटाउन सहयोग मिल्छ । तौल घटाउन सहयोग पु¥याउने सागसब्जीमध्येको महत्वपूर्ण सब्जी हो बन्दा । तसर्थ तौल घटाउन चाहनेका लागि बन्दा एउटा महत्वपूर्ण औषधी हो । बन्दामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ मात्र बनाउँदैन यसले तपाईँको शरिरलाई सन्तुष्टि पनि बनाउँछ जसका कारण तपाईँको तौल पनि घट्छ ।

क्यान्सरको खतरा घट्छ

बन्दाको निरन्तर उपभोगले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरीे क्यान्सर हुनबाट मुक्त गर्छ । बन्दामा एन्डिअक्सिडियन्ट भएकोले क्यान्सर र अन्य रोगबाट मुक्त गर्न सहयोग गर्छ ।

दृष्टिमा सुधार ल्याउँछ
कमजोर दृष्टि भएका बन्दालाई आफ्नो खानाको एउटा महत्वपूर्ण अंश बनाएर दृष्टिमा सुधार ल्याउन सक्छन् । बन्दामा पाइने स्यान्थोपी हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक हुन्छ ।

बन्दालाई कसरी खाने ?

बन्दालाई पकाएर भन्दा काँचै खाँदा फाइदा हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुन्छ । यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ । बन्दालाई काटेर अन्य तरकारी, दाल, सब्जी वा अन्य तयारी खानामा मिसाएर खान सकिन्छ । बन्दामा थोरै पानी मिसाए यसलाई राम्रोसँग पिसेर यसको जुस निकाल्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण