गृहपृष्ठ » शिक्षाभ्रूण हत्या गरेको भन्दै ८९ ओटा निजी स्वास्थ्य संस्थालाई कारबाहीको चेतावनी

भ्रूण हत्या गरेको भन्दै ८९ ओटा निजी स्वास्थ्य संस्थालाई कारबाहीको चेतावनी

October 25, 2015१३३ पटक

foetus killingएजेन्सी– दिल्लीका निजी अस्पताल र नर्सिङ होममा ठूलो संख्यमा भ्रूण हत्या हुने गरेको खुलासा भएको छ । लिंग पहिचानपछि भ्रूण हत्या गर्ने क्रमले महामारी लिन थालेपछि दिल्ली सरकारले भ्रूण हत्या गर्ने ८९ ओटा निजी अस्पताल र नर्सिङ होममा  सूचना जारी गर्दै कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘विभिन्न निजी अस्पताल र नर्सिङ होममा  नवजात शिशुको जन्मदरमा डरलाग्दो दरमा घटेको पाएका छौं,’ दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले भने ।
‘यी अस्पतालहरुले भू्रण हत्या गरेको आशंकमा सूचना जारी गरेका हौैं’, उनले भने । ‘महिलाहरुको भू्रण हत्यामा संलग्न अस्पतालहरुमाथि प्रहरीमा उजुरी गर्नेछांै,’ उनले थपे । सरकारले हालै गरेको एउटा सर्वेक्षणमा महिला अस्पतालमा जन्मिने छोरा र छोरीको अनुपात दर डरलाग्दो देखिएको पाइएको थियो । अधिकांश अस्तपाल र नर्सिङ होममा निश्चित समयमा १ हजार छोरा र ३ सय छोरी जन्माइएका थिए ।  ‘अस्पतालका नाममा जारी गरिएको सूचनामा जन्मिने समयमा भएका डरलाग्दो लैंगिक अनुपातको कारणबारे ती अस्पतालसँग माग गरेका छौं,’ उनले थपे ।
मेडिकल टर्मिनेसन अफ प्रिगनेन्सी (एमटीपी) को सुबिधा भए÷नभएको विषयमा जानाकारी दिन समेत अस्पताललाई सोधिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण