गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंस्कृत विश्वविद्यालयमा लागे पाँच ताला

संस्कृत विश्वविद्यालयमा लागे पाँच ताला

August 7, 2015३८६ पटक

कर्मचारी भन्छन्-बाह्रैमासको तालाबन्दीले विश्वविद्यालयमा प्रश्न उठ्यो

विश्व विद्यालयका कर्मचारी सहित प्राध्यापक र बिद्यार्थीहरु संगठनहरुले राजनीतिक अखडा बनाउदा प्राज्ञिक थालो सधैको तालाबन्दी खेप्न बाध्य भएको छ । ताला खुलाउने बिषयमा वार्ताहरु हुने गरेपनि सहमति नहुदा ताला थपिने क्रम रोकिएको छैन ।

२२ साउन, घोराही । दाङको वेलझुण्डीमा रहेको नेपाल सँस्कृत विश्व बिद्यालयको केन्द्रीय कार्यालयमा बाह्रैमास तालाबन्दी हुने गरेको छ । शिक्षा आर्जन गर्नेभन्दा पनि राजनीतिक भागबण्डामा कर्मचारी भर्ना गर्ने थलोकारुपमा बिकास हुदै गएको विश्व विद्यालयमा ताला माथी ताला लाग्ने गरेको छ ।
विश्व बिद्यालयमा बिभिन्न माग गर्दै अहिले पाँच वटा ताला लागेका छन् । शुक्रबार बिभिन्न ६ सुत्रीय माग राख्दै एमाले निकट प्रगतिशिल कर्मचारी संगठन र प्रगतिशिल प्राध्यापक संगठनले विश्व विद्यालयमा ताला लगाएका छन् ।

स्वायत्तताको माग

यसअघि विहीबार नेपाल संस्कृत विश्वविद्यालयलाई संघीयताको अवधारणामा लैजाँदा स्वायत्त केन्द्रीय विश्वविद्यालयको रुपमा स्थापित गर्न माग गर्दै अनेरास्ववियु नेपाल संस्कृत बिश्व बिद्यालयका बिभिन्न कमिटीले विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा तालावन्दी गरेका छन् ।

त्यसअघि नेपाल संस्कृत विश्व विद्यालय कर्मचारी संघले पनि ताला लगाएको थियो ।

यस्तै नेपाल संस्कृत बिश्व विद्यालय प्रजातान्त्रिक कर्मचारी संघ र प्राध्यापक संघले पनि विभिन्न मागहरु राख्दै विश्व विद्यालयमा लगाएको ताला अझै जारी छ । गत बैशाख २२ गते नेपाल बिद्यार्थी संघले लगाएको ताला पनि अझै खुल्न सकेको छैन ।

आफ्नो पक्षका व्यक्तिहरुलाई विश्व बिद्यालयमा नियुक्त गर्नुपर्ने अडान र शैक्षिक सुधार लगाएतका बिषयमा विभिन्न तर्क र माग गर्दै विश्व बिद्यालयमा तालाबन्दी हुने गरेको छ ।

‘यो सबै भागबण्डा र आफ्ना व्यक्तिलाई नियुक्त गर्नुपर्छ भनेर गरिएका आन्दोलन र माग हुन्,’ विश्व विद्यालयका एक कर्मचारीले भने ।

सँधैको तालाबन्दीले विश्व विद्यालयले नियमित काम समेत गर्न नसकेको उनले बताए । उनले भने, ‘प्राज्ञिक थलोमा राजनीति प्रवेश गरेपछि विश्व विद्यालय माथी प्रश्न उठेको छ ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण