अान्दाेलनका कारण मदिरा उद्याेगकाे उत्पादन ठप्प
कच्चा पदार्थ आयात र उत्पादन भएको वस्तु बजारमा बिक्री गर्न नपाएपछि एक दर्जन मदिरा उद्योग सङ्कटमा परेका हुन्।
पूर्वाञ्चल मदिरा उद्योग सङ्घका अनुसार, चण्डिका डिस्ट्रिलरी रङ्गेली, गोल्डेन ग्लोब विराटनगर, पूर्वाञ्चल डिस्ट्रिलरी दुहवी, हिमालयन डिस्ट्रिलरी, जिङ मदिरा उद्योग दुहवी, त्रियुगा डिस्ट्रिलरी सप्तरी, शारदा डिस्ट्रिलरी मिर्चयालगायत पूर्वाञ्चलका करिब एक दर्जन मदिरा उद्योग सङ्कटमा परेका हुन्।
पूर्वाञ्चल डिस्ट्रिलरीका सञ्चालक राजेन्द्र साहले दुई महिनादेखिको बन्दले मदिरा उद्योग सङ्कटमा परेको बताए। ‘सरकारले चाँडै आन्दोलनरत पक्षसँग वार्ता गरी उद्योगलाई सङ्कट मुक्त गर्नुपर्छ’, उनले भने।
मदिरा उद्योग सङ्कटमा परेपछि आवश्यक कच्चा पदार्थको सहज आपूर्ति नहुँदा मदिरा उत्पादनसमेत ठप्प भएको उद्योगीको गुनासो छ। दसैँ तिहारमा बढी मदिरा खपत हुने भएपनि संयुक्त मधेसी मोर्चाको दुई महिनादेखिको निरन्तर बन्दका कारण उद्योगी व्यवसायीले मदिरा उत्पादन बिक्री गर्न नसकेको बताएका छन्।
दुई महिनाभन्दा बढी समयदेखिको बन्दले मजदुर र सर्वसाधारणको जीवन अस्तव्यस्त बन्दै गएको छ भने सरकारको राजस्वसमेत गुमेको छ । रासस