गृहपृष्ठ » मुख्य समाचार, समचारपेट्रोल साथीलाई दिने क्रममा आगलागी हुँदा दुई घाइते

पेट्रोल साथीलाई दिने क्रममा आगलागी हुँदा दुई घाइते

October 26, 2015१६२ पटक

लुम्बिनी-पेट्रोल खन्याएर साथीलाई दिने क्रममा आगलागी हुँदा भैरहवामा दुई जना घाइते भएका छन्।

सिद्धार्थनगर–८ बैंक कोलोनी बस्ने ४० वर्षीय सन्जय सिंहले नवलपरासी कावासोती–८ थकालीचोक बस्ने ४० वर्षीय बलभद्र सुवेदीलाई पेट्रोल दिने क्रममा आगलागी हुँदा दुवै जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ। घटना साँझ ७ बजेतिर भएको प्रहरीले जनाएको छ।

एउटा भाँडोमा रहेको पेट्रोललाई अर्को भाँडामा खन्याएर दिने क्रममा छेउमा बलिरहेको दियोबाट आगो लाग्दा दुवै जनाको घुँडामुनिको भाग जलेको रुपन्देहीका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

घाइते दुवै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। आगलागीबाट घरको कोठामा रहेका लत्ता कपडा, खाट, लोवेडलगायतका सामान जलेर नष्ट भएको समेत प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण