गृहपृष्ठ » मुख्य समाचार, राजनीतिओली र प्रचण्डबीचको गोप्य भेटमा के भयो ?

ओली र प्रचण्डबीचको गोप्य भेटमा के भयो ?

October 26, 2015१७८ पटक

प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।   ओलीसँगको भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए। भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारीलगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। त् यसलगत्तै एमाले स्थायी समितिको बैठक सुरु भएको छ ।   सरकार संचालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले बहुमतीय प्रक्रिया सुरु भए पनि सहमतिकै आधारमा राष्ट्रपति र उपराष्ट्रपति गर्नुपर्नेमा जोड दिएको प्रचण्ड निकट स्रोतले बतायो । बालुवाटारबाट फर्केपछि प्रचण्डले पार्टीभित्र आन्तरिक छलफल समेत गर्दैछन् । –

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण