गृहपृष्ठ » मुख्य समाचार, समचारबिरामी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिरामी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

October 26, 2015१६७ पटक

पाल्पा, कात्तिक ९ – बिरामी बोकेको जीप दुर्घटना हुँदा पाल्पामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । पाल्पाको झिरुवासबाट रामपुर अस्पतालका लागि छुटेकोे लु १ ज २६४७ नम्बरको जीप आइतबार राति १२ बजे झिरुबास–७ को लाकुरी भञ्याङ नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी झिरुवास–६ का २४ वर्षका झनबहादुर पाटा, १९ वर्षका गुणसिंह ठकुरी र २३ वर्षका युवराज खाम्चाको ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । पाटा र ठकुरीको घटनास्थलमै र खाम्चाको उपचारको क्रममा रामपुर अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा रामपुर पाल्पाका २४ वर्षका लक्ष्मण मल्ल, झिरुवास–६ का ३० वर्षका लालबहादुर थापा, ५६ वर्षका खेम मल्ल, २७ वाषर््का मन बहादुर मल्ल, २४ वर्षका इन्द्रबहादुर खाम्चा घाइते भएका छन् ।

घाइतेहरुको रामपुर अस्पतालमा प्राथमिक उपचार गरी सोमबार बिहानै तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण