गृहपृष्ठ » मुख्य समाचार, राजनीतिमन्त्री नरहेपछि पुस्तक लेख्दै वामदेव

मन्त्री नरहेपछि पुस्तक लेख्दै वामदेव

October 26, 2015१८४ पटक

काठमाडौं—राज्यको जिम्मेवारीबाट फुर्सद पाएका नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम ‘नेपालको ऐतिहासिक सन्दर्भ र नवनिर्माण अभियान’ नामक पुस्तक प्रकाशनको तयारीमा जुटेका छन्।

सुशील कोइराला नेतृत्वकाे सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गौतमले आफ्नो नयाँ पुस्तकमा नेपालको समग्र इतिहास, राष्ट्रियताको विकास, वर्ग सङ्घर्षको नयाँ रुप र सम्भावना, सामाजिक आर्थिक रुपान्तरण, जलस्रोतको एकीकृत विकास, कृषि क्रान्ति, नयाँ नेपालका निम्ति पूर्वाधार विकासजस्ता विषय समेटने जानकारी दिए।

पुस्तक प्रकाशनको जिम्मा लिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कृतिलाई सकेसम्म चाँडै प्रकाशन गरिने योजना रहेको उल्लेख गरे।

उपाध्यक्ष गौतमका यसअघि दर्जनौँ विचारमूलक पुस्तक प्रकाशित भएका छन् भने एक गीति एल्बम र एक गीति सङ्ग्रह प्रकाशित छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण