गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारराजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा

राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा

August 7, 2015५५५ पटक

काठमाण्डौ २२ साउन ।।
मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई प्रधानसेनापतिमा सिफारिस गरेको छ । आज बिहान बसेको बैठकले क्षेत्रीलाई प्रधानसेनापतिका लागि सिफारिस गरेको हो ।
हालका प्रधानसेनापति गौरव शमसेर राणाले आगामी भदौ २३ गते अवकाश पाउँदै हुनुहुन्छ । एक महिना अघि नै विदा बस्ने प्रचलन अनुसार राणा विदा बसेपछि क्षेत्रीले भोलिदेखि कायम मुकायमको जिम्मेवारी सम्हाल्नु हुनेछ । भदौ २३ गतेदेखि उहाले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामवरण यादवले सरकारको सिफारिसमा कामु प्रधानसेनापति र प्रधानसेनापति नियुक्त गर्ने ृव्यवस्था छ ।
मन्त्रिपरिषद् बैठकमा पुनर्निमाण प्राधिकरणका विषयमा छलफल भए पनि सिईयो नियुक्ती भने हुन नसकेको बताईएको छ । क्षेत्री गत फागुनमा रथीमा बढुवा हुनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण