गृहपृष्ठ » मुख्य समाचार, समचारकपिलवस्तुमा फेरि बन्द आह्वान

कपिलवस्तुमा फेरि बन्द आह्वान

October 26, 2015१७६ पटक

९ कात्तिक, कपिलवस्तु । नेपालको संविधान २०७२ को विभिन्न बुँदामा असहमति र सीमांकनको विषयमा असन्तुष्टि जनाउदै तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मधेस मुक्ति संघर्ष समिति कपिलवस्तुले पुन आन्दोलन निरन्तरता दिने भएको छ ।

Bigyaptiआइतबार साँझ बसेको संयुक्त वैठकले बिस्तृत आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।

दसैं र मुर्हरम पर्वलाई मध्यनजर गर्दै मोर्चाले गत असोज २६ देखि कार्तिक ८ गते सम्मका लागि बन्द खुकुलो बनाएको थियो ।

मोर्चाले आइतबार साँझ निकालेको प्रेस विज्ञप्तीमा आम हडताल, नाकावन्दी, राजमार्ग अबद्ध, सवारीसाधन, कलकारखाना, उद्योगधन्दा लगायत डिजल, पेट्रोलसहित इन्धनको कालोवजारी समेत रोक्ने गरी आन्दोलनको घोषणा गरेको जनाएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्ला संयोजक सतीशचन्द्र गुप्ता र मधेस मुक्ति संघर्ष समितिका संयोजक वृजगोपाल गुप्ताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा शैक्षिक संस्थाहरुलाई सञ्चालन गर्नका लागि कुनै पनि बाधा बिरोध नरहेेका जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण