गृहपृष्ठ » मुख्य समाचार, समचाररुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका २० गाडी भित्रिए

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन बोकेका २० गाडी भित्रिए

October 26, 2015१७५ पटक

९ कात्तिक, रुपन्देही । रुपन्देहीको बेलहिया नाका भएर आइतबार दिनभरमा इन्धन बोकेका २० वटा गाडी नेपाल भित्रिएका छन् ।
डिजेल बोकेका पाँच तथा पेट्रोल बोकेका चार ट्यांकर र एलपी ग्यास बोकेका ११ बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरिक्षक अभय विक्रम साहले जानकारी दिए ।
त्यस्तै अन्य एक सय ५९ वटा मालबाहक ट्रक तथा ४० वटा पीकअप गाडी भित्रिएको साहले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण