गृहपृष्ठ » मुख्य समाचार, समचारचीनको अनुदान पेट्रोलले कति दिनको माग धान्छ ?

चीनको अनुदान पेट्रोलले कति दिनको माग धान्छ ?

October 26, 2015१८० पटक

China-petrol

९ कात्तिक, काठमाडौं । चीनले यसै हप्ताभित्र नेपाललाई १३ लाख लिटर पेट्रोल दिँदैछ । तेल आपूर्तिका विषयमा औपचारिक सम्झौता गर्न एक नेपाली टोली आज चीन पनि जाँदैछ ।

केही दिनमै चीनको केरुङ पुगेर नेपाली ट्यांकर पेट्रोल बोकेर नेपाल आउने छन् । चीनले पहिलो चरणमा दिने पेट्रोल सबै अनुदान हुने बताएको छ, जसलाई निगमले साविककै मूल्यमा बिक्री गर्ने योजना बनाएको छ ।

झण्डै १० हजार मेटि्रक टन अर्थात १३ लाख लिटर तेलले नेपाललाई कति राहत दिन्छ ? भन्ने अहिले आम प्रश्न छ । काठमाडौंमा पेट्रोलको मागलाई मात्र विश्लेषण गर्ने हो भने चीनले दिएको तेलले समान्य अवस्थामा ४ दिनलाई मात्र पुग्ने परिमाण हो ।

काठमाडौंमा समान्य अवस्थामा ३ लाख ५० हजार लिटर पेट्रोल खपत हुन्छ । अहिले चरम अभाव भएका बेला चीनबाट ल्याएजत्ति पेट्रोल सबै बाँडियो भने एकै दिनमा सकिने निगमका एक अधिकारीले बताए । झन त्यो पेट्रोल देशभर पुर्‍याउने भनियो भने त्यसले कुनै क्षेत्रलाई राहत दिन सक्ने अवस्था रहन्न ।

तर, अहिले निगमले सार्वजनिक र अत्यावश्यकीय सेवाका सवारीलाई पनि जोरबिजोर प्रणालीमार्फत तेल दिइरहेको छ । निजी सवारीले तेल पाएका छैनन् । आयल निगमले पनि निजी सवारीलाई चीनबाट आएको पेट्रोल बिक्री नगर्ने बताइसकेको छ ।

अहिले निगमले दैनिक सरदर ५० हजार लिटर मात्रै पेट्रोल बजारमा पठाइरहेको छ । यही परिमाणमा वितरण गर्ने हो भने चीनले दिएको पेट्रोलले मात्रै झण्डै २५ दिनको माग थेग्छ । वीरगञ्ज बाहेकका भारतीय नाकाबाट समान्य परिमाणमा तेल आइरहेकाले चीनले दिने पेट्रोलले तेल वितरणमा केही सहज हुने निगमका अधिकारी बताउँछन् ।

तर, चीनसँग व्यापारिक हिसाबले तेल किन्न थालेपछि भने मागअनुसार तेल दिन निगमलाई केही सहज हुनेछ ।

वीरगञ्ज नाका खुलेर भारतबाट निर्वाध रुपमा तेल आएमा निगमलाई अहिलेको संकट टार्न सबैभन्दा सहज हुने देखिएको छ । होइन भने चीनबाट तत्काल ३०/३५ लाख लिटर तेल आएपनि अभावलाई समान्य अवस्थामा लैजान गाह्रो हने निगमले जनाएको छ ।अनलाईनखबरमा छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण