चीनसँग इन्धन सम्झाैता गर्न हिड्यो नेपाली टोली
काठमाडाैं-चीनबाट इन्ध्नन ल्याउनका अागि अाैपचारिक सम्झाैता गर्नेगरि नेपाली टोली अाज चीन प्रस्थान गरेको छ। चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको नेतृत्वमा ८ सदस्यीय टोली केहीबेरमा त्रिभुवन विमानस्थलबाट चीनतर्फ प्रस्थान गर्दैछ।
राजदूत मास्केले नेतृत्व गरेको टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरे, अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनी, कानुन मन्त्रालयका सहसचिव, नेपाल आयल निगमका प्रबन्ध निर्देशक र उपनिर्देशक तथा नाप तौल विभागका अधिकारी संलग्न छन् ।
अहिले साढे एक बजे थाई एयरबाट उड्ने नेपाली प्रतिनिधिमण्डल बैँकक ट्रान्जिट हुँदै भोली बिहान साढे पाँच बजे बेइजिङ उत्रने छ। ‘बेइजिङमा भोलीदेखि नै छलफल हुन्छ, संभवतः बुधबारसम्ममा चीनबाट इन्धन आपूर्ती गर्नेबारे व्यापार सम्झौता हुनेछ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मास्केले भने।
टोलीले चीनबाट व्यावसायिक रूपमै इन्धन अपूर्ती गर्न सम्झाैता गर्नेछ। यसअघि परराष्ट्र मन्त्रालयले इन्धन अापूर्तीका लागि चीनलाइ अाैपचारिक चिठी पठाएको थियो।