गृहपृष्ठ » मुख्य समाचार, राजनीतिका‌ंग्रेसले राष्ट्रपति उम्मेदवारमा गुरुङलाई अघि सार्ने

का‌ंग्रेसले राष्ट्रपति उम्मेदवारमा गुरुङलाई अघि सार्ने

October 26, 2015२०१ पटक

कांग्रेस नेता गुरुङकाठमाडौं– संसदको सबैभन्दा ठूलाे दल नेपाली कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने भएको छ। सभापति सुशील कोइरालाले सोमबार बिहान गुरुङलाई टेलीफोन गरी राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन्।

मंगलबार बिहान बस्ने पार्टी पदाधिकारी बैठकले अन्तिम निर्णय गर्न बाँकी रहेपनि कांग्रेसले गुरुङलाई नै अघि सार्ने कोइराला निकट स्रोतको दाबी छ । ‘पूर्व सभामुख तारानाथ रानाभाटसहित विभिन्न नेताहरुको नाम आएको थियो,’ सभापति कोइराला निकट स्रोतले भन्यो, ‘पार्टीका पुराना नेता गुरुङलाई नै पार्टीले उम्मेदवार बनाउने छ ।’

गुरुङले खवर राम्रो आएको बताउँदै सहयोग गर्न आग्रह गरे। ‘खवर राम्रै छ,’ उनले नागरिक सँग भने, ‘सबैले सहयोग गर्नु पर्‍याे।’

एमालेले राष्ट्रपति उम्मेदवारको रुपमा विद्या भण्डारीलाई अघि सारिसकेको छ। ११ गते संसदमा राष्ट्रपतिको गोप्य मतदान हुँदैछ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण