भूकम्पमा मृत्यु हुनेको संख्या ११९ पुग्यो, पाकिस्तानमा ८८, अफगानिस्तानमा २७ (अपडेट)
९ कार्तिक, एजेन्सी ।
अफगानिस्थानमा सोमबार अपरान्ह २ बजेर ९ मिनेटमा गएको शक्तिशालि भूकम्पमा परि मृत्यु हुनेको संख्या ११९ पुगेको छ । पाकिस्तानी टेलिभिजन च्यानल जियो न्युजका अनुसार पाकिस्तानमा हालसम्ममा मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।
यसैगरि अन्र्तराष्टिय समाचार संस्थाहरुले अफगानी अधिकारीहरुलाई उदृत गर्दै साँझ ६ बजे प्रकाशित गरेको समाचार अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २७ पुगेको छ । भूकम्पमा परि सयौं घरहरु ध्वस्त भएको र घाइतेको संख्या हजार बढी रहेको छ ।
अफगानिस्तानमा केन्द्र भएर गएको ७.७ रेक्टर स्केलको शक्तिशालि भूकम्पमा परि पाकिस्तानमा मात्रै मृत्यु हुनेको संख्या ५० नाघेको छ ।
अफगानिस्तान राजनधानी काबुल देखी २५६ किलोमिटर उत्तर पूर्वी हिन्दूकुश क्षेत्र केन्द्रविन्दु बनाएर गएको भूकम्पको माफन पाकिस्तानी भूकम्प मापन केन्द्रले भने ७.५ रेक्टरको देखाएको छ ।ताजा विवरण अनुसार भूकम्पमा परेर ५१ जनाको मृत्यु भएको छ ।
भूकम्पको झड्का अफगानिस्तान, पाकिस्तान, भारत सहित पश्चिमी नेपालमा समेत झड्का महसुस गरिएको थियो ।
भूकम्पमा परि पाकिस्तानमा मृत्यु हुनेको संख्या ५० नाघेको पाकिस्तानी टेलिभिजन च्यानल जियोन्युजले उल्लेख गरेको छ ।
अपरान्ह २ बजेर ४५ मिनेटमा गएको भूकम्पमा परि हजारौं घाइते भएको र यसको विवरण आउने क्रम जारी रहेको समचारमा जनाइएको छ ।
पाकिस्तानी टेलिभिजनहरुले भूकम्पपछि हजारौं व्यक्ति खुल्ला मैदानमा जम्मा भएका दृश्यहरुसँगै भूकम्पले ध्वस्त भएको घर, मृत्यु भएका र घाइतेहरुको तस्विरहरु देखाइरहेका छन् ।
घाइतेहरुको संख्या बढिरहेको भन्दै समाचारमा मृत्यु हुनेको संख्या पनि बढ्ने बताइएको छ । भूकम्पबाट अति प्रभावितहरुको उद्दारको लागि सेनाको हेलिकोप्टर सहित प्रहरी परिचालन गरिएको भन्दै जियोन्युज टेलिभिजनले बैशाख १२ गते नेपालमा गएको भूकम्पसँग तुलना गरेर समाचार प्रशारण गरिरहेका छन् । भूकम्पको झड्का भारत, पाकिस्तानका साथै नेपालको राजधानी काठमाडौमा समेत महसुस गरिएको थियो ।