गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारभूकम्पमा परि अफगानिस्तानमा ३७ को मृत्यु, लगातार कम्पन (अपडेट/फोटो फिचर)

भूकम्पमा परि अफगानिस्तानमा ३७ को मृत्यु, लगातार कम्पन (अपडेट/फोटो फिचर)

October 26, 2015१६५ पटक

भूकम्पमा परि अफगानिस्तानमा ३७ को मृत्यु, लगातार कम्पन (अपडेट/फोटो फिचर)

९ कार्तिक, एजेन्सी ।

अफगानिस्तानमा भूकम्पमा परि विद्यालयमै १२ स्कुले छात्रा सहित साँझ ६ बजेसम्ममा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

अफगानिस्तानको राजनधानी काबुल देखी २५६ किलोमिटर उत्तर पूर्वी हिन्दूकुश क्षेत्र केन्द्रविन्दु बनाएर गएको ७.७ रेक्टर स्केलको भूकम्पमा परि घाइतेको संख्या २ हजार नाघेको अफगानि सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

पाकोज अफगान न्युज र खामा प्रेसले उल्लेख गरे अनुसार भूकम्पमा परि मृत्यु हुनेको संख्या बढ्ने क्रम जारी छ । भूकम्पमा परि घाइते भएका सयौंको अवस्था गम्भिर रहेको छ ।

७.७ रेक्टर स्केलको शक्तिशालि भूकम्पपछि ४ घण्टाको बिचमा ४.६ र ४.७ रेक्टर स्केलको दुईवटा पराकम्पन समेत गएकाले भूकम्प प्रभावित क्षेत्रमा थप त्रास रहेको बताइएको छ ।


भूकम्पबाट ग्रामिण क्षेत्रका सयौंघर ध्वस्त भएको र त्यसमा कयौं व्यक्ति फसेको बताइएको छ । अफगान सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्दारको लागि सबै सुरक्षा निकाय परिचालन गरिएको बताएको छ ।


अफगानिस्तान केन्द्र भएको भूकम्प पाकिस्तानमा भने ७.५ रेक्टर मापन गरिएको छ भने पाकिस्तानमा मृत्यु हुनेको संख्या एक सय नजिक पुगेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण