गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारअफगानिस्तानको शक्तिशाली भुकम्प, पाकिस्तानमा १३० को मृत्यु (अपडेट)

अफगानिस्तानको शक्तिशाली भुकम्प, पाकिस्तानमा १३० को मृत्यु (अपडेट)

October 26, 2015२०७ पटक

Earthquake-At-Pakistan-1

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको धक्का पाकिस्तान र भारतका साथै काठमाडौंमा समेत महसुस भएको छ ।

भूकम्पले बढी मानवीय क्षती भने पाकिस्तानमा भएको छ । पाकिस्तानमा मात्र १३० जनाको मृत्यु भएको छ । अफगानिस्तानमा पनि ठूलो धनजनको क्षति भएको छ ।

सोमबार काबुलबाट २५६ किलोमिटर उत्तर पूर्वमा हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर ७.५ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प सुरुमा ७.७ भनिएपनि अहिले सच्याएर ७.५ भनिएको छ । शक्तिशाली भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका दुई पराकम्प गएको छ ।

भूकम्पमा परी पाकिस्तानमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण घरहरु भत्किएर तथा छत खसेर सयौं घाइते भएका छन् ।

अफगानिस्तानमा पनि घरहरु भत्किएका छन् । एक स्कुलमा भूकम्पपछि भागदौड मच्चिँदा १२ छात्राको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण